भारतद्वारा कोरोना भाइरसविरूद्धको भ्याक्सिन निर्यातमा रोक

कोरोना भाइरसविरूद्धको भ्याक्सिन निर्यातमा भारतले रोक लगाएको छ। 

पछिल्लो समय संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको अवस्थामा खोप लगाउनेहरुको संख्या बढेसँगै भारतले अरू देशहरुमा भ्याक्सिन निर्यातमाथि प्रतिबन्ध लगाएको हो। 

भारतमा अहिलेसम्म १ करोड १७ लाख मानिसमा कोरोना संक्रमण भईसकेका छन्। जसमध्ये १ लाख ६० हजारको मृत्युसमेत भईसकेको छ। 

नेपालीले अहिलेसम्म भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन लगाइरहेका छन्।
 

प्रकाशित मिति: : 2021-03-25 09:57:00

प्रतिकृया दिनुहोस्