हिम पहिरोमा दुईको मृत्यु, दुई जना घाइते

अफगानिस्तानको उत्तरी प्रान्त बादाख्शानको शाकाई जिल्लामा मंगलबार गएको हिमपहिरोमा एउटै घरका दुई व्यक्तिको मृत्यु भएको छ भने दुईजना घाइते भएका प्रान्तीय परिषदका सदस्य मेहबुब रहमानले बताएका छन्।

यस हिमाली जिल्लाको पहाडी सांगिच गाउँमा मंगलबार बिहानको यस प्राकृतिक प्रकोपमा एक पिता र उनकै छोराको मृत्यु भएको छ। त्यसैगरी एकै परिवारका दुईजना घाइते भएका अधिकारीहरु जनाएका छन्। 

अफगानिस्तानको बादाख्शान र छिमेकमा पर्ने तखार, कुन्दुज र बाघलान प्रान्तमा विगत दुई दिनदेखि वर्षा र हिउँ परेको दृश्य देखिएको समाचारमा जनाइएको छ। 

प्रकाशित मिति: : 2021-03-23 16:34:00

प्रतिकृया दिनुहोस्