ललितपुर महानगरले जडान गर्‍यो ६ सय स्मार्ट सडकबत्ती (भिडियो)

शनि शाक्य

काठमाडौँ

ललितपुर महानगरपालिकाले ६ सय स्मार्ट सडकबत्ती जडान गरेको छ।

पहिलो चरणको कामअन्तर्गत महानगरभित्रका कुपन्डोल, सातदोबाटो, पुल्चोक, ग्वार्को र मंगलबजार क्षेत्रमा सडकबत्ती जडान गरेको हो। 

अँध्यारा सडक सवारी दुर्घटनाका प्रमुख कारण भएकाले सडकबत्ती राख्न थालिएको महानगरले जनाएको छ। 

महानगरका प्रमुख चिरीबाबु महर्जनको नेतृत्वमा स्मार्ट सडकबत्ती जडानका लागि विद्युत् प्राधिकरणले सहयोग गरेको हो। 

 

प्रकाशित मिति: : 2021-03-23 12:25:00

प्रतिकृया दिनुहोस्