अश्लील भिडियोको लत लागेको युवकलाई उत्तर कोरियाले गर्यो देशनिकाला 

बिएल संवाददाता

प्योङ्गयाङ्ग
(Image: Getty Images)
(Image: Getty Images)

उत्तर–कोरियाका सर्वोच्च नेता किम जोङउनले अश्लील भिडियो हेर्न लत लागेका एक युवकलाई देश निकाला गरेका छन्।

'सन्की शासक' भनेर आलोचित हुँदै आएका किमले युवबसँगै उनका परिवारलाई समेत देश निकाला गरेको रेडियो फ्री एशियाले गोप्य स्रोत उद्धृत गर्दै समाचार प्रशारित गरेको छ।

किमले गत वर्षदेखि अश्लील भिडियोविरूद्ध आफ्नो अभियानलाई तीब्र बनाएका छन्। उत्तर कोरियाको सत्तारूढ मजदुर पार्टीले विद्यालयका केटाकेटीहरूलाई अश्लील भिडियो नहेर्न अभियान चलाइरहेको छ।

उत्तर कोरियालाई नियाल्ने एनके न्यूजका अनुसार किमले अश्लील भिडियो हेर्नेहरूलाई कडा सजाय दिन आदेश गरेका छन्।

सरकारी आदेश अन्तर्गत देशको उत्तर प्योंगान प्रान्तमा बसोबास गर्ने युवा रात्रि समयमा अश्लील भिडियो हेर्दाहेर्दै पक्राउ परेका थिए। उनी बुबा–आमा नभएको बेला अश्लील भिडियोमा भुल्ने गरेको स्रोतको दाबी छ।

सरकारको विशेष टोली उक्त क्षेत्रमा पुगेर निरीक्षण गरेको बताइएको छ। 

उत्तर–कोरियाले अश्लील भिडियो हेर्नबाट रोक्नका लागि देशभर कडा कानून बनाएको छ। सरकारी नियमविपरीत पटक–पटक सोही कार्य गरेमा ५ देखि १५ वर्षसम्म सजायको व्यवस्था गरिएको छ।

अश्लील भिडियोको आयात गर्ने मानिसले लागि श्रम सिबिरमा आजीवन कारावास तथा मृत्युदण्ड समेत पाउनेछ।

प्रकाशित मिति: : 2021-03-22 13:46:00

प्रतिकृया दिनुहोस्