भारत–पाक सीमा क्षेत्रमा शान्तिको महसुस

Photo: Reuters
Photo: Reuters

भारत र पाकिस्तान विवाद समाधानको प्रयासपछि सीमा क्षेत्रमा शान्तिको महसुस गर्न थालेका छन्।

केही दिनअघि सम्पन्न दुईदेशीय शान्तिवार्तालगतै जम्मू–कश्मीर सिमानामा गोलाबारी बन्द भएको भारतीय सुरक्षाकर्मीले दाबी गरेका छन्।

जम्मू–कश्मिर प्रहरी महानिर्देशक दिलबाग सिंहले पछिल्ला दिनहरुमा सिमानामा अशान्ति सिर्जना गर्न घुसपैठ नभएको बताए।

गतवर्ष सीमा क्षेत्रमा आंतकवादविरोधी अभियान सफल भएको र यो वर्ष सबैभन्दा शान्तिपूर्ण रहने उनले आशा गरेका छन्।

महानिर्देशक सिंहका अनुसार लागु औषध र हतियार तस्करीको विषयमा भने गम्भीर चिन्ता व्यक्त गरे।

पछिल्लो एक वर्षमा थ्रुपै हतियार र गोली–बारुद पञ्जावको बाटो हुँदै तस्करी गरेर भारतीय बजारमा लैजाने समाचारमा उल्लेख छ।
 

प्रकाशित मिति: : 2021-03-21 15:14:00

प्रतिकृया दिनुहोस्