आकस्मिक प्रयोगका लागि कोभ्याक्सिनलाई नेपालमा अनुमति 

भारत बायोन्टेक इन्टरनेशनल लिमिडेटले उत्पादन गरेको कोभिडविरुद्धको खोप कोभ्याक्सिनलाई आकस्मिक प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमित दिएको छ।

यो सहित नेपालमा कोरोना विरुद्धको खोपको लागि अनुमति पाउने तीनवटा कम्पनी रहेका छन्। यसअघि कोभिसिल्ड र सिनोफार्मले आकस्मिक प्रयोगका लागि अनुमति पाइसकेका छन।

रसियन कम्पनी स्पुतनिक र चाइनिज कम्पनी सिनोभ्याक्सले विभागमा निवेदन दिएका छन्। उक्त निवेदन माथि विभागको प्राविधिक टोलीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2021-03-20 06:23:00

प्रतिकृया दिनुहोस्