देशभर पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार २५४ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। त्यस्तै पछिल्लो समय कारोनाका कारण एक जनाको मृत्यु भएको छ।
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ६२५ पुगेको छ। त्यस्तै पछिल्लो समय थप १०७ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७१ हजार ६१० रहेको छ। निको हुने दर भने ९८ दशमलव ५ प्रतिशत रहेको छ।
अहिले देशभर एक हजार सक्रिय सङ्क्रमित छन्। उनीहरुमध्ये ५२ जना क्वारेन्टिनमा रहेका छन्। अन्य आइसोलेशनमा रहेका छन्। हालसम्म नेपालमा २२ लाख २७ हजार ५४७ को पिसिआर परीक्षण भएको छ। हालसम्मा तीन हजार १५ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।