राष्ट्रिय फुटबल टिमका सदस्य अन्जन विष्ट ललितपुर सिटी एफसीमा अनुबन्धित भएका छन्।
नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज टिम ललितपुरले अन्जनलाई खेलाडीको रुपमा अनुबन्ध गरेको हो। ललितपुरले उनलाई ५ लाख ५० हजारमा अनुबन्धित गरेको बताईएको छ।
मनाङ मर्स्याङ्दी क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका अन्जन नेपाली टिमका नियमित सदस्य हुन्।