टिपरको ठक्करबाट टेम्पो चालकको घटनास्थलमै मृत्यु

विजय साह

जनकपुर

धनुषाको मिथिला नगरपालिका- ८ बडहरी बजार नजिक पूर्व-पश्चिम राजमार्गमा टिपरले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको घटनास्थलमै मृत्यु भएको छ।

मृतक टेम्पो चालक महोत्तरीको बर्दिबास नगरपालिका वडा- १ बस्ने वीरबहादुर तामाङ्ग रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिए।

शनिबार साँझ ६ बजे बर्दिबासबाट ढल्केवरतर्फ आइरहेको ना ८ ख ७२२२ नम्बरको टिपरले ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २०३००१ स ५४७५ नम्बरको टेम्पोलाई ठक्कर दिइएको हो।

ठक्कर दिएको टिपर र टेम्पोलाई प्रहरीले नियन्त्रणमा लिइएको छ भने चाकलको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले बताएको छ।

प्रकाशित मिति: : 2021-03-13 19:30:00

प्रतिकृया दिनुहोस्