अधिकांशको चाहना हुन्छ, कि आफ्नो प्रेम सम्बन्धलाई कायम राख्ने। तर कहिलेकाहीँ केही कुरालाई लिएर झगडा हुने गर्छ। जसले गर्दा दुई जनाबीचमनमुटाव उत्पन्न हुनका साथी दुरी बढ्दै जान्छ। त्यसैले आज हामी चर्चा गर्नेछौं, झगडा हुनबाट बच्न उपायका साथै पार्टनरलाई खुशी राख्ने टिप्सबारे। जसलाई तल दिइएको छ।
एकअर्काको साथ बढी समय बिताउने गर्नुपर्छl जसले गर्दा एकअर्कालाई चिन्ने मौका बढी मिल्दछ।
आफ्नो पार्टनरसँग कहिल्यै पनि रिसाएर बोल्नु हुँदैन। यदी तपाई आफ्नो पार्टनरसंग झर्केर वा रिसाएर बोल्नु हुन्छ भने त्यसले दुई जनाबीचको प्रेम घट्दै जाने गर्छl यसको बदलामा आफ्नो पार्टनरलाई मायालु नजरले हेर्ने बानी बसाल्नुहोस्।
आफ्नो पार्टनरलाई मन पर्ने उपहार दिनुहोस् l जसले गर्दा तपाइको पार्टनरको मनमा तपाईको लागी अझै प्रेम बढ्दै जाने गर्दछ र सम्बन्ध कायम नै रहन्छ।
आफ्नो पार्टनरसँग बिहानीको सुरुवात मिठो चुम्बन र मायाका दुई शब्दका साथ गर्नुहोस्। यसले तपाई र पार्टनरको दिन खुशीले बित्ने गर्दछ।
कहिलेकाहीँ आफ्नो प्रेमलाई कलात्मक तरिकाले दर्साउनुहोस् l जसले गर्दा तपाईको पार्टनर सजिलैसँग तपाईको मायामा डुब्नेछl
तपाईको पार्टनरलाई मिठो लाग्ने खानेकुरा बनाउनका साथसाथै पार्टनरलाई मनपर्ने पहिरन लगाउनुहोस्। यसले अझ प्रेम बढाउन मदत गर्दछ।