श्रीधर आचार्य
                                महाशिवरात्री पर्व। शिव भगवानको गाँजा तान्ने भक्तहरुले शिवजीलाई तुष्ट पार्न गाँजा लिनुपर्छ भन्नुहुन्छ! के शिव भगवान साँच्चै गाँजा लिनुहुन्थ्यो? यस विषयमा अनुसन्धान गरौँ है त? के भेटिने रहेछ?
शिव भगवान आजभन्दा लगभग १५ हजार वर्ष अगाडि कैलाश मानसरोवरको क्षेत्रमा तपस्या गर्नुहुन्थ्यो भन्ने विश्वास रहिआएको छ। उहाँलाई आदियोगी पनि भनिन्छ किनभने योगको प्रथम् सुरुवातकर्ता नै शिवजी हुनुहुन्छ। उहाँले योगको सर्वप्रथम दीक्षा सप्तऋषिलाई दिएर विश्वका सात महादेशमा पठाउनुभयो भन्ने किम्वदन्ति पनि छ।
यसरी योग विश्वभरि फैलिएको हो। अझै पनि सातै महादेशमा प्राचीन शिवलिङ्गहरु भेटिन्छन् जसले कुनै बेला विश्वभरि शिव भगवानको पूजा हुन्थ्यो भन्ने कुरा इंगित गर्छ।
भगवान शिव एउटा रहस्यमय व्यक्तित्त्व हुनुन्थ्यो। उहाँको न जन्मबारे थाहा छ न मृत्युबारे! योगीहरू भन्छन् शिवजी सर्वत्र व्याप्त हुनुन्छ। उहाँ ब्रह्माण्डमा तथा मानिसको शरीरमा पनि वास गर्नुहुन्छ। मानिसको मस्तिष्क र शिवलिङ्गमा अभूतपूर्व समानता रहेको कुरा डा. टोनी नाडरले 'ह्युमन फिजियोलोजी एण्ड वेदास' भन्ने किताबमा प्रष्ट पार्नुभएको छ। ब्रह्माण्डको आकार पनि शिवलिङ्गजस्तो देखिन्छ। मानिसको मस्तिष्कमा गणेश भगवानको पनि आकृति भेटिन्छ!
शिवजी र गाँजाको सम्बन्ध के हो? त्यो बुझ्नको लागि हामीले एउटा खोजतर्फ आँखा लाउनुपर्ने हुन्छ। सन् १९९२ मा राफेल मेकोलम नाम गरेका इजरायली वैज्ञानिकले मानिसको मस्तिष्कभित्र आनन्द दिने रस पत्ता लगाए। उक्त रसको नाम उनले 'आनन्दमाइड' राखे! 'आनन्दमाइड' संस्कृत शब्द 'आनन्द' बाट आएको हो। यसको अर्थ हुन्छ– खुशी, आनन्द। मानिसको मस्तिष्क नै शिवलिङ्ग हो अर्थात् शिव भगवान हो भन्ने कुरा माथि नै उल्लेख भइसक्यो।
वैज्ञानिक खोजबाट के देखिएको छ भने मस्तिष्कको रस 'आनन्दमाइड' र गाँजामा पाइने रस 'टीएचसी' मा समानता छ। त्यही भएर गाँजा तान्नेहरुले एकछिन भए पनि खुशीको महसुस गरेका हुन्छन् र त्यसको लतमा पर्छन् तर कालान्तरमा गाँजाले स्वत:स्फुर्त रुपमा आनन्द दिने 'आनन्दमाइड'मा रस निकाल्ने केन्द्रलाई निष्क्रिय बनाउँछ र गाँजामै 'एडिक्ट' बनाउँछ । लत लाग्नु पक्कै पनि स्वास्थ्यको लागि फाइदाजनक छैन।
त्यस कारण शिवजीले गाँजा खानुहुन्थ्यो भन्ने कुराको साङ्केतिक अर्थ छ। शिव भगवान अर्थात् हाम्रो मस्तिष्कमै गाँजाजस्तै र गाँजाभन्दा धेरै आनन्द दिने रस पाइन्छ जसको नाम वैज्ञानिकले 'आनन्दमाइड' राखे। जबमै आनन्द दिने रस निस्किन्छ भने बाहिरबाट गाँजा किन तान्ने?
'आनन्दमाइड' निकाल्न हामीले ध्यान-योग गर्नुपर्छ।
शिव भगवानको मन्त्र जप गर्नुपर्छ।
शिव भगवानजस्तै नि:स्वार्थ जीवन जिउनुपर्छ।
शिव भगवानको ध्यान गरेर आफूभित्रै आनन्द निकालौँ। बिना कुनै 'ड्रग्स' मस्त रहौँ।
महाशिवरात्रिको मंगलमय शुभकामना!
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया