दलित महिला सदस्य निर्वाचित थिइन्, ४ वर्षदेखि कार्यवाहक वडाध्यक्ष छिन्

घरमै तान लगाएर गलबन्दी, स्वेटर, टोपीजस्ता कपडा बुन्थिन् हिता रूपाखेती। 'मैले पहिला यस्तो बुन्थेँ,' गलामा लगाएको ढाकाको गलबन्दी देखाउँदै उनले भनिन्।

पोखरामा विन्ध्यावासिनी ढाका उद्योगमा बुन्ने काम गरेकी हिता पछि आफ्नो गाउँ थुम्की फर्किन्। फर्किँदा एक्लै गइनन्, चार वटा ढाका बुन्ने तान पनि लगिन्। घरमा दिदीलाई बुन्न सिकाइन्। गाउँमै ढाका बुनेर बजारमा बेच्न थालिन्।

मकै, कोदो लगायत अन्नबाली र पशुपालनलाई पनि निरन्तरता दिइन्। अहिले पनि सात वटा माउ सुँगुर र पाँच छाउरा उनले पालेकी छन्। ढाका बुन्दै, खेतिपातीमा लाग्दालाग्दै उनी विभिन्न सामाजिक संस्थासँग जोडिइन्।

प्रकाशित मिति: : 2021-03-09 07:13:00

प्रतिकृया दिनुहोस्