महिला दिवस : महिला हस्तकला मेला सम्पन्न

महिला हस्तकला मेला सम्पन्न भएको छ । 

१११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा भएको तीन दिने मेला आइतबार सम्पन्न भएको हो । 

'हस्तकलाको प्रवद्र्धन, महिला सशक्तीकरणको सम्वद्र्धन' नाराको उक्त मेलाको समापनका अवसरमा ललितपुर महानगरपालिकाकी उप–प्रमुख तथा मेला संयोजक गीता सत्यालले महिलाहरुको सबलीकरणमा जोड दिएकी थिइन्। उनले हिलाको आर्थिक स्थिति राम्रो नभएसम्म महिला समृद्ध मुलुक नबन्ने बताएकी थिइन्। 

प्रकाशित मिति: : 2021-03-08 21:49:00

प्रतिकृया दिनुहोस्