प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोध्नेहरुलाई सर्वोच्च अदालतलाई गएर सोध्न आग्रह गरेका छन्।
आइतबार प्रचण्ड—माधव समूहका नेता भीम रावलले प्रधानमन्त्री कुन पार्टीको भन्दै प्रश्न गरेका थिए।
१ सय ११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उनले संसदमा आफूलाई कुन पार्टीको प्रधानमन्त्री भएको प्रश्नको जवाफ दिँदै भने— यदि मैले उहाँलाई कुन पार्टीको हो भनेर सोधेँ भने के हुन्छ ?