तातोपानीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न 

Symbolic photo

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानी स्वास्थ्य चौकीमा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार गाउँपालिकाको आयोजनामा भएको उक्त शिविरमा मुटुरोग, स्त्रीरोग, हाडजोर्नी, आँखा, छाला, तथा सामान्य गरी कूल ८४६ जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको थियो। 

'परीक्षण गरिएका बिरामीमध्ये मुटु रोगका नौ र स्त्री रोगका तीनसहित १५ जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएको छ' उनले भने, ' पालिका र त्रिवि शिक्षण अस्पतालले निःशुल्क उपचार गरिनेछ।' 

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा ७५ स्वास्थ्यकर्मीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो। 

प्रकाशित मिति: : 2021-03-06 19:38:00

प्रतिकृया दिनुहोस्