ताज महलमा बम भएको हल्ला 

Photo - News18
Photo - News18

ताज महलमा बम राखिएको हल्ला गलत भएको दिल्ली प्रहरीले जनाएको छ।

भारतीय सेनामा जागिर नपाएको झोकमा एक युवकले ताजमहल परिसरमा बम भएको हल्ला फैलाएका थिए।

उनको अफबाहसँगै ताज महलमा डुल्न गएका पर्यटकलाई तत्कालै निकालेर तीनवटै गेट बन्द गरिएको थियो।

नयाँदिल्ली अपराध शाखाले बमको हल्लासँगै खोजतलासलाई समेत तीव्र बनाएपछि सत्य बाहिर आएको हो।

बिहान साढे ७ बजे ताज महलमा बम भएको हल्ला एकाएक फैलिएको थियो।

ताज महलको सर्च अभियान भएपछि करिब १२ बजेदेखि पर्यटकका लागि पुनः गेट खोलिएको छ।

स्रोतका अनुसार, बमको गलत सूचना दिने युवालाई प्रहरीले गिरफ्तार गरेको छ।

प्रकाशित मिति: : 2021-03-04 13:42:00

प्रतिकृया दिनुहोस्