कश्मीरी आतंकवादीले नेपालको बाटो प्रयोग गरिरहेको भारतीय मिडियाको आरोप

Photo - Surguja Samay
Photo - Surguja Samay

जम्मु–कश्मीरको आतंकवादी संगठन जैश–ए–मोहम्मदले नेपालको बाटो हुँदै गतिविधि सञ्चालन गर्नेगरेको भारतीय मिडियाले दाबी गरेको छ।

कुख्यात आतंकवादी संगठनले बिहारी युवाहरूलाई नेपाली भूमि प्रयोग गर्दै नक्कली करोबारदेखि हतियार ओसारपसारसम्म लगाउने गरेको गम्भीर आरोप छ।

भारतीय मिडिया नवभारत टाइम्सले भारतको अररिया जिल्ला निवासी परवेज नेपाल–भारत सिमानामा नक्कली नोटसहित पक्राउ परेपछि यस्तो खुलासा भएको दाबी गरेको छ।

२० वर्षीय परवेजलाई नेपालसँग सीमा जोडिएको क्षेत्रबाट भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको हो।

उनीबाट १ लाख ६५ हजार भारतीय नक्कली नोट जफत गरिएको छ। उनीसँग २ सय र ५ सयका नक्कली नोटहरू रहेको प्रहरी स्रोतले जनाएको छ।

एसएसबीको ५२औं बटालियनको सेकेन्ड कमाण्डर ब्रजेशकुमार सिंहले परवेज एक मोटरसाइकलमा नेपालबाट भारतीय क्षेत्रमा प्रवेश गर्ने कोशिश गर्दा पक्राउ परेका हुन्।

उनी प्रहरीलाई देखेपछि भाग्ने प्रयास गरेका थिए। सिकटी प्रहरीले उनीविरूद्ध नक्कली नोटको मामिलामा उजुरी दर्ता भएको छ।

परवेज नेपालके मोरङ जिल्लाको पुरानो सदरमुकाम रंगेलीबाट नक्कली नोटसहित पक्राउ परेको भारतीय मिडियाको दाबी छ।

उनका दाजु मोहम्मद तबरेज पनि लामो समयदेखि अबैध कारोवारमा लागेको पुष्टि भएको छ।

प्रहरीसँगै आईबी अधिकारीले पनि परवेजसँग बयान लिएको छ। प्रहरीले उनको बैँठ खाताबाट पैसा आदान–प्रदानको पूर्ण विवरण जम्मा गर्ने काम जारी राखेको छ।

नेपाल सिमानामा एक युवा पक्राउ परेपछि यी तथ्यहरू बाहिर आएको नवभारत टाइम्सले दाबी गरेको छ। आतंकवादी संगठनले बिहारी युवालाई अपराधिक कार्यमा लगाएको बताएको छ।

प्रारम्भिक चरणमा यहाँका युवालाई नेपालको बाटो प्रयोग गरेर नक्कली भारतीय रुपैयाँ ओसार–पसारमा लगाउने गरेको बताएको छ। काममा लगाएबापत् राम्रो कमिशन दिनेगरेका छन्।

सोधखोजका क्रममा उनले जम्मु–कश्मीर र महाराष्ट्रका केही व्यक्तिको खातामा पैसा जम्मा गर्ने गर्थे।

कतिपय नीति बैँकका कर्मचारीहरूले पनि उनीहरूलाई सहयोग गर्ने काम गरेको दाबी छ। हिरासतमा रहेका परवेजको मोबाइल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

परवेजको पक्राउपछि नेपाल–भारत सिमानामा थप कडाइ गरेको छ। यसअघि जावेद नामका एक व्यक्ति जम्मु–कश्मीरको हतियार डिलरसँग 'कनेक्शन' भएका आतंकवादी समूह जैश–ए–मोहम्मदका लागि सप्लाई गर्दा पक्राउ समेत परेका थिए। यसको खुलादा जम्मु–कश्मीरको डीजीपी दिलबाग सिंहले गरेका थिए।

विस्फोट गराएको आरोपमा भारतको कटिहार जिल्लाबाट ६ जना अफगानी नागरिकहरू पक्राउ परेका थिए। स्रोतका अनुसार भारतको केन्द्रीय गृह मन्त्रालयले बिहार राज्य सरकारलाई नेपाल सीमा कडा निगरानी राख्न पत्राचार गरेको छ।

प्रकाशित मिति: : 2021-03-03 13:15:00

प्रतिकृया दिनुहोस्