ट्राफिकले थाल्यो 'व्यवहार सुधार अभियान'

महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरीको आचरण सुधार गरी नागरिकमैत्री सेवा प्रदान गर्न कार्यक्रम थालेको छ।

महाशाखाले सेवाग्राहीसँग गर्ने आचरण, व्यवहारलाई थप नागरिकमैत्री बनाउने उद्देश्यले प्रहरी कर्मचारीको व्यवहारमा सुधार कार्यक्रमको शुरुआत गरेको जनाएको छ।

ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारवाही एवं गतिविधिका क्रममा आउने सेवाग्राही तथा सडक प्रयोगकर्तासँग नागरिकमैत्री व्यवहारसहित सहज, सरल एवं पारदर्शी सेवा प्रदान होस भन्ने अभिप्रायले यस मूल्याङ्कन पद्धतिसहित पुरस्कृत गर्ने परिपाटीको शुरुआत गरिएको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिए। 

नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ र प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजना २०७७ लाई कार्यान्वयन गर्न ट्राफिक प्रहरीबाट सेवाग्राही तथा सडक प्रयोगकर्तासँग सभ्य, शिष्ट र पारदर्शीरूपमा उत्कृष्ट सेवा प्रदान गर्ने उक्त कार्यक्रमको लक्ष्य छ। यसका साथै नागरिकमैत्री ट्राफिक प्रहरी छनोट कार्यविधि २०७७ बनाई लागु गरिएको एसएसपी भट्टराईले जानकारी दिए।। रासस
 

प्रकाशित मिति: : 2021-02-28 22:04:00

प्रतिकृया दिनुहोस्