चिसो मौसममा नखाऔँ, यी चिज !

सुदीक्षा खड्का

काठमाडाै‌ं
Penn medicine

मौसम बदलिए संगै धेरै जसो मानिसहरु लाई रुघामर्की लाग्न सक्छ, प्राय चिसो मौसममा। यसलाई निको पार्न मानिसहरू औषधीको प्रयोग गर्छन। तर यो समयमा धेरैलाई के खानु पर्छ के खानु हुँदैन भनेर थाहा हुदैन। 

धेरैले औषधीको साथसाथै त्यस्ता कुराहरुको सेवन गर्छन् जसले उनीहरूलाई नोक्सान मात्र गर्दैन, अझ चिसो बढाउँछ। यसले रुघामर्की मात्र हैन अन्य समस्या पनि निम्त्याउन थाल्छ, त्यसैले चिसोमा धेरै कुराहरू खान्नु हुदैन।

चिकित्सकहरुको अनुसार यी कुराहरुको सेवनले अझै रुघामर्की बढ्न सक्छ:

दुग्ध उत्पादन: 
दूध, दही, बटर जस्ता दुग्ध उत्पादनहरू चिसो र बाक्लो हुन्छन्, जसले कफ बढाउँदछ। यदि कसैलाई  रुघा खोकी लागेको छ भने, दूध र यसबाट बनेका उत्पादनहरू खानु हुँदैन, अन्यथा रुघा अझ बढ्न सक्छ। यदि औषधि खान दुधको प्रयोग गर्नु छ भने थोरै मात्रामा मात्र सेवन गर्नुहोस्।

धेरै मसला भएको खाना:
रुघामर्की लागेको व्यक्तिले मसला भएको खानेकुरा लाई बेवास्ता गर्नुहोस्। विशेष गरी रातो खोर्सानी, कालो खोर्सानी र रातो खोर्सानी पाउडर देखि बच्नु पर्ने हुन्छ। यसले जाडोमा स्वास्थ्य समस्याहरू बढाउन सक्छ। सादा र हल्का खाना मात्र खानुहोस्। मसलेदार खानाले तपाईंको घाँटीलाई बारम्बार क्षति पुर्याउँछ।

चिया कफी:
रुघा लागेको बेला धेरैले चिया र कफीको अधिक मात्रामा प्रयोग गर्ने गर्छन। तर त्यसमा भएको क्याफिनको उच्च मात्राले मूत्रल पदार्थको रूपमा कार्य गर्दछ। यस कारणले गर्दा, बारम्बार पिसाब आउने समस्या हुन्छ, जसले गर्दा शरीरमा पानीको अभाव हुन सक्छ र पेट सम्बन्धी रोगहरू हुने सम्भावना बढाउँछ।

चिनी: 
यस्तो बेलामा चिनीको मात्रा जति कम गर्न सकियो त्यति राम्रो हो। धेरै चिनी खाँदा प्रतिरक्षा प्रणाली कमजोर हुन सक्छ, त्यसैले चिनी थोरै मात्रामा खानु उत्तम विकल्प हो अन्यथा यसले घाटी दुख्ने जस्ता समस्याहरू बढाउँछ।

सुप:
चिसो वा रुघा लागेको मानिसहरुलाई तातो सूप पिउन निकै मन लाग्ने गर्छ। तर क्रीम-आधारित सूपले अझ रुघामर्की गाढा गर्दछ र फ्लूको लक्षणहरूलाई बढाउन सक्दछ, त्यसैले यस्तो समयमा सामान्य सूप नखानु नै ठिक हुन्छ तर यदि कसैलाई खान मन भयो भने, क्रीम बिनाको घरमै बनाको सूप पिउनुहोस।

बेक्ड गरिएको खानेकुरा: 
बेक्ड खानेकुरा एकदमै बोसोयुक्त हुन्छ त्यसैले यो बिस्तारै पच्छ। यसले घाँटी दुख्ने मात्र होइन, शरीरमा बढी बोसो पनि बढाउदछ। धेरै बेक्ड खाना खाँदा कहिलेकाहीँ आवाज पनि बस्न सक्छ।

प्रकाशित मिति: : 2021-02-25 18:07:00

प्रतिकृया दिनुहोस्