उत्तर प्रदेशको यमुना एक्सप्रेस–वेमा तेल बोकेको ट्यांकर दुर्घटना, ७ जनाको मृत्यु

उत्तर प्रदेशको यमुना एक्सप्रेस–वेमा सडक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

तेल बोकेको ट्यांकरको टायर पड्किएर सडकको अर्कोपट्टि गएर कारलाई ठक्कर दिँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो। जसमा २ महिला रहेका छन्।

मथुराको नोहलेक पुलिस स्टेशनको माइल स्टोन ६८ नजिकै उक्त  दुर्घटना भएको थियो। सबै मृतक हरियाणास्थित जिण्डका वासिन्दा रहेको जनाइएको छ।

वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गौरव ग्रोभरले भने,‘तेल ट्याङ्कर आगरातर्फ अघि बढिरहेको थियो। प्रारम्भिक जाँचअनुसार ट्याङ्कर डिभाइडरहरूसँग ठक्कर खाएको थियो। त्यसपछि कारलाई ठक्कर दिएको थियो।’

मृतकको शव पोष्टमार्टमका लागि पठाइएको छ। थप अनुसन्धान भइरहेको जनाइएको छ।
 

प्रकाशित मिति: : 2021-02-24 11:35:00

प्रतिकृया दिनुहोस्