हामी सबैलाई बधाई : गगन थापा

RSS (File Photo)
RSS (File Photo)

कांग्रेस नेता गगन थापाले सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताउँदै सबैलाई बधाई ज्ञापन गरेका छन्।

अदालतको फैसला लगत्तै उनले ट्वीट गरे, ‘संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ।’

उनले लेखेका छन्, ‘हामी सवैलाई बधाई ! अदालतले विना भय र दवाव,विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।’

हामी सवैलाई बधाई!

संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ।अदालतले विना भय र दवाव,विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।

— Gagan Thapa (@thapagk) February 23, 2021
प्रकाशित मिति: : 2021-02-23 19:03:00

प्रतिकृया दिनुहोस्