पेप्सीका सिईओ अमित गुप्ता पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं
Photo: Varun Beverages Official website
Photo: Varun Beverages Official website

पेप्सी नेपालका कार्यकारी प्रमुख varunpepsi.com  अमित गुप्ता पक्राउ परेका छन्।

एक अर्ब रुपैयाँ राजश्व छली गरेको मुद्धामा गुप्तालाई राजश्व अनुसन्धान विभागले पक्राउ गरेको हो।

राजश्व अनुसन्धान विभागले उनलाई पक्राउ गरेर मुद्धा चलाएको विभाग स्रोतले बिएल नेपाली सेवालाई जानकारी दियो। 

नेपालका चर्चित उद्यमी राजेन्द्र खेतानको बरुण वेभरेजअन्तर्गत पेप्सी, मिरिण्डा, डिउ, सेभेनअप, इभरभेष्ट सोडा, स्लाइसलगायत पेय पदार्थ उत्पादन तथा बितरण गर्दै आइरहेको छ। 

गुप्तालाई काठमाडौंको पेप्सिकोलास्थित कार्यालयबाट ४ दिनअघि राजश्व अनुसन्धान विभागमा कार्यरत प्रहरीले पक्राउ गरेकाे बताएकाे छ।

प्रकाशित मिति: : 2021-02-20 22:18:00

प्रतिकृया दिनुहोस्