पुनर्निर्माणका सारथि: जसको लगनले ठडिए ढलेका संरचना

नेपाल खबर

काठमाडौं

‘बाबा आज धरहरा चढ्न जाउँ न,’ अघिल्लो दिन मात्रै पाल्पामा कुलपूजा सकेर काठमाडौँ आएका सुशील ज्ञवालीलाई छोराहरुले भने।

नगरविकास कोषमा काम गर्ने ज्ञवालीले छोराहरुलाई समय दिन सकिरहेका थिएनन्। शनिबार भएकाले सुशान्त र समीपको स्कुल विदा थियो। उनीहरु बुबासँग घुम्न जान चाहन्थे। 

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली धरहरा चढेका थिए। त्यसले गर्दा धरहराको चर्चा बढेको थियो। सुशान्त र समीपले भने धरहरा चढ्न पाएका थिएनन्।

‘सिँढी सिँढी भएको उकालो चढ्न कति गाह्रो हुन्छ होला है,’ उनीहरु धरहरा चढ्दाको कल्पना गरिरहेका थिए।

ज्ञवालीलाई भने अन्त कतै जान पाए हुन्थ्यो भन्ने लागिरहेको थियो। त्यसै दिन जाउलाखेलमा ‘फुड फेस्टिबल’ रहेछ। त्यसैले उनले छोराहरुलाई भने, ‘धरहरा होइन, बरु फुड फेस्टिबल जाउँ, नयाँ चिज पनि खाउँला, घुमघाम पनि गरौँला।’

कता जाने टुंगो लागिसकेको थिएन। १२–१ बजेतिर निस्किने योजना भने बनिसकेको थियो। तर, १२ नबज्दै पृथ्वी काँप्यो। केहीबेरमै सुशान्त र समीपले चढ्ने रहर गरेको ऐतिहासिक धरहरा गर्ल्यामगुर्लुम ढल्यो। उनीहरुको रहर रहरमै सिमित बन्यो।

प्रकाशित मिति: : 2021-02-20 16:22:00

प्रतिकृया दिनुहोस्