काठमाडौं महानगरपालिकाले खुल्लामञ्च खाली गर्न सुरु गरेको छ।
महानगरले बुधबार डोजर लगाएर खुल्लामञ्च रहेका संरचना हटाउन लागेको हो। खुल्लाञ्चमा निर्माण सामाग्री र टहरा थिए।
सार्वजनिक कार्यक्रम आयोजना हुने खुल्लामञ्चमा पछिल्लो समय टहरा बनाएका थिए।
खुल्लामञ्च निर्माण सामाग्री राख्ने ठाउँको रुपमा प्रयोग हुँदै आएको थियो।
खुल्लामञ्च खाली नगराएर सडकमै कार्यक्रम गरेको भन्दै सरकारको चौतर्फी विरोध हुँदै आएको थियो।