कोरोनाविरुद्धको खोपमा भ्रम फैलाउनेलाई कारबाही गर्न भारत सरकारको निर्देशन

REUTERS/Dado Ruvic/Illustration/File Photo
REUTERS/Dado Ruvic/Illustration/File Photo

भारत सरकारले कोरोना भाइरसविरुद्धको खोप सम्बन्धि भ्रम फैलाउनेलाई कडा कानुनी कारबाही गर्न निर्देशन दिएको छ। खोपको क्षमतामा प्रश्न गर्दै सामाजिक सञ्जालहरुमा फैलिरहेको ‘अफवाह’ रोक्न राज्यहरूमा उर्दी जारी गरेको छ।

खोप सम्बन्धि अफवाह फैलाएको भेटिए कडा कारबाही गर्ने चेतावनी दिएको छ। गृहमन्त्रालयद्वारा जारी गरिएको पत्रमा निर्देशन पालन नगर्नेहरूमाथि कानुनी कारबाही अघि बढाउन आग्रह गरेको छ।

भारतलगायत विश्वभर अग्रपंक्तिका मानिसहरुलाई खोप लगाउने क्रम जारी रहेको छ। भारतका कतिपय स्थानहरुमा स्वास्थ्यकर्मीहरुद्वारा खोप लिन हिच्किचाएका समाचारहरू समेत बाहिर आएका छन्।

केन्द्रिय स्वास्थ्य मन्त्री डा. हर्षवर्धनले ढुक्कसँग कोरोनाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2021-02-17 09:01:00

प्रतिकृया दिनुहोस्