भागरथी  हत्याको छानबिन गर्न प्रचण्ड–माधवको आग्रह

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिष्ट पार्टी नेकपाको ( प्रचण्ड-माधव) पक्षका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले बैतडीकी १७ वर्षीया भागरथी भट्टको  हत्याप्रति शोक व्यक्त गरेका छन्।

शनिवार एक बिज्ञप्ति जारि गर्दै प्रचण्ड-माधव समुहले दुख प्रकट गरेको हो।

माघ २२ गते बैतडी जिल्लाको दोगड़ाकेदार वडा नं ७ चडेपानीकी  भागरथी भट्टको बलात्कार  पछी हत्या भएको घटनाले हामि स्तब्ध र मर्माहत भएका छौं।

बिज्ञप्तिमा भनिएको छ, ‘ विद्यालयबाट घर फर्किंदै गरेको बेला भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामि घोर भर्त्सना गर्दछौं।

१७ वर्षिया भट्टको बलात्कारपछी हत्या भएको गाउलेले आशंका गरेका छन्। उनीहरुले घटनाकाे सत्य तथ्य पत्ता लगाएर दाेषीलाइ कानुनी दायरामा ल्याउन आग्रह गरेका छन्। 

प्रकाशित मिति: : 2021-02-06 15:48:00

प्रतिकृया दिनुहोस्