बसको ठक्करबाट पैदलयात्रीको मृत्यु 

क्राइम न्युज नेपाल

पूर्वपश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिकामा बसले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा विर्तामोड नगरमा मागिखाने ३२ वर्षीय सागर मिश्र रहेका छन्। 

पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना ६ ख १५२० नम्बरको बसले दक्षिणबाट उत्तरतिर बाटो काट्दै गरेका पैदलयात्री मिश्रलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। 

उक्त ठक्करबाट गम्भीर घाइते भएका मिश्रलाई उपचारका लागि नजिकैको बिर्तासिटी हस्पिटल लगिएको थियो। 

अस्पताल पु¥याएका उनलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए। 

बसका चालक बिर्तामोड–७ का ३८ वर्षीय रवि पाठकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

प्रकाशित मिति: : 2021-02-02 21:44:00

प्रतिकृया दिनुहोस्