विद्यासुन्दर एकथरी भन्नुहुन्छ, अर्कोथरी गर्नुहुन्छ

आयोमेल

काठमाडाै‌ं

रेणु त्वानाबासु

हरिप्रभा खड्गी (श्रेष्ठ) ले देशकै सबैभन्दा ठूलो महानगरपालिका काठमाडौंको उपमेयर भएर काम गरेको चार वर्ष पुग्दैछ। नेपाली कांग्रेसको राजनीति गर्दै काठमाडौंको उपमेयर भएकी खड्गी ‘बोल्ड’ निर्णय गर्न डराउँदिनन्। रानीपोखरी पुनर्निर्माणका विषयमा मेयर विद्यासुन्दर शाक्यसँग भिडेरै भए पनि उनले मल्लकालीन शैलीमा पुनर्निर्माण गराउन सफल भइन्। देशकै ठूलो महानगरको महिला उपमेयर भएर काम गर्दाका चुनौति, मेयरसँग तालमेल नमिल्दाका राजनीतिक उतारचढाव लगायत विषयमा केन्द्रित रहेर उपमेयर खड्गीसँग आयोमेलकर्मी रेणु त्वानाबासुले गरेकाे कुराकानीः

उपमेयर भए पनि पनि महत्वपूर्ण निर्णयहरू थाहा नहुनुका कारण के हो?

पहिलो त म सूचनाको अभाव कमी नै भन्छु। महानगरपालिकाको कमी कमजोरी नै यही हो भन्छु। सल्लाह सुझाव लिएको खण्डमा धेरै कुरा आउँथ्यो। त्यसले गर्दाखेरी कस्तो के गर्दाखेरी राम्रो हुन्छ भनेर सोच्न सजिलो हुन्थ्यो। महानगरमा भने त्यस्तो छैन। सबै मेयर आफैंले मसँग सल्लाहबिना नै काम गर्दै आउनुभएको छ, किन हो कुन्नी? 

इतिहास मेटाउने काम गर्नु हुँदैन भन्छु म। त्यही बचाउने पक्षमा भएकाले पनि होला मेयरसँग कुरा नमिलेको। सायद म पनि उहाँजस्तै बिगार्ने पक्षमा भएको भए कुरा मिल्थ्यो कि?

सल्लाह नगर्नुको कारण के होला?

महिला उपमेयरको ट्रेन्ड पहिलोपटक भएर होला। अर्को, मलाई लाग्छ पुरुषहरूको मानसिकतामा महिला कमजोर छन् भन्ने हो। उनीहरूले केही गर्न सक्दैनन् भन्ने सोच चाहिँ छुटेको छैन। त्यो पनि एउटा कारण हो जस्तो लाग्छ। महिला आज उपमेयरको पदसम्म पुग्दा पनि महिलालाई हेर्न दृष्टिकोण चाहिँ फेरिएको छैन। त्यही कारणले पनि सल्लाह सुझाव गर्न नचाहेको हो कि जस्तो लाग्छ। महिलालाई के थाहा हुन्छ भन्ने जस्तो व्यवहार छ अहिले पनि।

प्रकाशित मिति: : 2021-02-01 14:13:00

प्रतिकृया दिनुहोस्