‘लकसी र झाटाहा’ को चोट खाइरहेको लोकतन्त्र 

बच्चाः बाबुजी गाछी में से एगो रुनी तुर दीं ना (बुबा रुखबाट एउटा अम्बा टिपिदिनुस् न)। 

बुबाः देखतार केतना उपर बा, रुक लकसी से तुर दे तानी  (हेर न, कति माथि छ। पख ‘लकसी’ ले टिपिदिन्छु)।

लकसी सानो भएकोले बुबाको प्रयास बिफल भयो। उता बच्चा भने जिद्दी गर्न थाल्यो। रुन कराउन थाल्यो।

बच्चाः बाबुजी जैसे भी तुर दीं, नात हम पढे ना जाएम  (बुबा जसरी भए पनि टिपिदिनुस् नत्र म पढ्न जा“दैन)।

बुबाः बडी तंग कैलख इ लइका हो (बडो जिद्दी गर्यो यो केटाले त)। रुक झाटाहा से मार के तुर दे तानी (पख ‘झाटाहा’ ले हानेर झारिरहेको छु)। बुबाको लामो संघर्षपछि अन्ततः अम्बा भूइ“मा झर्यो।

‘लकसी’ र ‘झाटहा’ देहातमा रुखबाट फल झार्ने प्रचलित उपक्रम हुन्। लकसी र झाटाहा भनेको के हो ? बिस्तारमा बुझाउने प्रयास गर्दैछु। 
अग्ला–अग्ला रुखको हाँगामा लटरम्म फलेको आँप र अम्बा लगायतका फल हातले टिप्न सकिँदैन। लक्ष्यसम्म हात पुग्दैन। त्यसैले देहातीजनहरु ‘लकसी’ को सहयोगले फल टिप्छन्।

केटाकेटीहरु ‘झाटाहा’ हानेर फल झार्छन्। बाँसको लामो कोइन (बाँसको हाँगा) मा एकातर्फ सामान्यतया १० वा १२ इञ्चको कोइनको टुक्रा तेर्सो पारी डोरीले कोइनको एकातर्फ बाधिन्छ, त्यो हो ‘लकसी’।

त्यस्तै करिब एकहात लामो बाँसको कोइन वा अन्य सानो आकारको हाँगाबिँगालाई ‘झाटाहा’ भनिन्छ। गाउ“ देहातमा केटाकेटीहरुले झाटाहाले हानेर रुखबाट आ“प, अम्बा र जामुन झार्ने गरेको दृश्य देख्न सकिन्छ।

‘झाटाहा’ र ‘लकसी’ को प्रयोग समान कार्यको उपयोग गरिए पनि दुवैबीच फरक छ। के फरक छ त ?

लकसीले लकसीको लम्बाई भन्दा माथिको फल टिप्न सकिँदैन तर लकसीमा फल सजिलोसँग फस्छ। फँसिसकेपछि भूइँमा नझर्ने कुरै हु“दैन तर झाटाहा आकारमा सानो भएकोले शक्ति र सामथ्र्य अनुसार माथिसम्म उचाल्न सकिन्छ।

फल झार्न सकिन्छ तर झाटहाले एकै पटकमा फल टिम्न असम्भव प्रायः हुन्छ। झाटहाको धेरै पटकको प्रहारपछि कथमकदाचित निशाना सार्थक हुन्छ।

अचेल नेपाली राजनीतिमा लकसी र झाटाहाकै स्वरुपमा ‘लोकतन्त्र’ उपर प्रहार गर्ने क्रम जारी छ। छताछुल्ल छ। दलपतिहरुको एकमात्र लक्ष्य सत्ता प्राप्त गर्नु हो र विभिन्न शैलीमा प्रहार भइरहेको छ। हामफालेर सिंहासनमा आसिन हुने मनोकांक्षाले गर्दा लोकतन्त्र धरापमा परेको छ। आमजनको सपना ‘चकनाचुर’ हुन थालेको छ।

‘लोकतन्त्र’ राजनीतिक ‘लकसी र झाटाहा’ को प्रहार खेपिरहेको छ। संविधान स्वार्थपरक राजनीतिको शिकार हुन पुगेको छ। एकले लकसीमा फसाउन खोजिरहेको छ भने अर्कोले झाटाहा प्रहार गर्न खोजिरहेको छ। शिकारीले शिकारलाई चारैतिरबाट घेरेजस्तै ‘लोकतन्त्र’ राजनीतिक स्वार्थमा घेरिएको महसुस हुन थालेको छ। हमला भइरहेको छ।

संविधान यतिबेला घाइते भएको अवस्थामा छ। लोकतन्त्र शिकारीको चङ्गुलमा फसेको भान सर्वत्र हुन थालेको। प्रश्न यो होइन कि कस्तो संविधान बनाए स्थायित्व आउँछ। प्रश्न यो हो– कस्तो राजनीतिक चरित्र र संस्कारले स्थायित्व दिन सक्छ ?

पञ्चायती व्यवस्था फालेपछि हामी पनि विकसित देशजस्तै समृद्ध हुन्छौँ भन्ने लाग्थ्यो। आशा र भरोेसामा २०४६ सालको जनआन्दोलनमा नागरिकको उल्लेख्य सहभागिता थियो। त्यसपछि पनि पटक–पटक आन्दोलन भयो।

१० वर्षे माओवादी सशस्त्र द्वन्दकालमा साढे १७ हजारभन्दा बढी मानिस मारिए। ०६२ देखि ०७२ सम्मको आन्दोलनमा दर्जनौँ नागरिक सहिद भए। पुरानो व्यवस्था फालियो। गणतन्त्र आयो तर हाम्रो अवस्थामा खासै परिवर्तन भएको देखि“दैन।

२०४६ सालदेखि २०७४ सालसम्मको अवस्था मात्र कोट्याउने हो भने हामीले राजनीतिक अस्थिरता र अन्योलता मात्र भोग्या“ै। अस्थिरता र अन्योलताको क्रमभंग गणतन्त्रमा प्रवेश गरिसक्दा पनि भएन ? सुशासन किन महसुस हुन सकिरहेको छैन ? यसको कारण के हो ? यी आम प्रश्नहरु उत्तर खोजिरहेका छन्।

हाल राज्यमा देखिएको राजनितिक पराकम्प राजनितिक भूकम्पपछिका परकम्पहरु हुन् भन्ने बुझ्न कठिन छैन। राजनीतिक परकम्पले अहिलेको विश्वमा निर्वाचित भएपछि जसो पनि गर्न पाइन्छ भन्ने धारणा बलियो हु“दै गएको छ।

त्यस कारण जसरी भए पनि निर्वाचनमा विजयी हुन पाएपछि बाँकी काममा मनलाग्दी गर्ने प्रवृत्ति बढेको हो।

राजनीति मूलभूत रुपमा सामाजिक रुपान्तरण गर्ने विधा हो। राजनितिशास्त्रका अनुसार सामाजिक सरोकारसँग अर्थपूर्ण लयबद्धता नै राजनीतिको मूल उद्देश्य हो भन्ने जनाउ“छ।

प्राकृतिक रुपमा ठूलो भूकम्पपछि ससाना परकम्पहरु आउ“छन् तर ठीक उल्टो– राजनीतिमा विभिन्न ‘परकम्प’ पछि राजनीतिक ‘भूकम्प’ हुन जान्छ। राजनीतिक परकम्पहरु यसै भने आउ“दैनन्। आ–आफ्नै स्वार्थसिद्धिप्रति लालायित मानसिकताले दलहरुभित्र पराकम्प उत्पन्न हुन्छन्। 

क्षतिको सवालमा प्राकृतिक भूकम्पले कहिल्यै पनि काखा र पाखा गर्दैन। यो राजा हो र त्यो रैति हो भनेर विभेद गर्दैन। यो धनी हो र त्यो गरिब हो भनेर छुट्ट्याउँदैन। झुपडी वा महल जे भए पनि प्राकृतिक भूकम्पको दायरामा आउने सबै प्रभावित हुन्छन्। स्वस्थ मानिस वा रोगी मानिस हो भनेर चिन्दैन।

भूकम्पको दायरामा आउने जो–कोही किन न होउन्, क्षति व्यर्होर्नुपर्छ तर राजनीतिक भूकम्पमा आफू नपर्ने गरी भूकम्पको रेक्टर तय गरिन्छ। राजनीतिक भूकम्प विभिन्न कालखण्डमा आएकै हुन्।

संविधानसभा विघटनको रुपमा अहिले पनि उदय भएको छ। अहिले प्रतिदिन एकले अर्कोउपर ‘लकसी र झाटाहा’ को प्रहार गरिरहेको सामाचार सुन्न र पढ्न बाध्य छौँ।

शिक्षाको विकाससँगै एक व्यक्तिले अर्काे व्यक्तिको मनोविज्ञान आकलन गर्ने सवालमा विगतभन्दा परिपक्वता बढेको छ। अबुझ कोही छैनन्। देशमा के भइरहेको छ ? सरकार के गरिरहेको छ ? राजनीतिक दलहरुको मनोविज्ञान कस्तो छ ? लगायतका विर्मशहरु कढ्याङ्ग्रीदो जाडोमा घुर ताप्दै देहातमा चर्चा हुन थालेका छन्।

जनस्तरमा चेत छैन भन्ने होइन। बाहिरी आवरणमा राजनीतिक कर्तव्य जति स्वच्छन्द देखाइन्छ भित्री आवरणमा ठीक त्यसको विपरीत दृष्टिकोणबाट सञ्चालित हुन्छ। यो कटु सत्य हो।

राज्यलाई सामाजिक र आर्थिक रुपले थला पार्ने दिशामा हिंड्ने पात्रप्रति नागरिक स्तरमा वितृष्णा उत्पन्न हुनु अस्वभाविक होइन। राजनीतिको मूलभूत उद्देश्य भनेकै राष्ट्रलाई समृद्धिको बाटोतर्फ डोर्याउनु हो तर बिडम्बना उसको ठीकविपरीत दलपतिहरु सत्ताउन्मूख केन्द्रित रहेकोे पाइन्छन्।

नकारात्मकताबाट सकारात्मकतातर्फ उन्मुख चिन्तन नै अहिलेकोे अपरिहार्यता हो, जसले गला रेटिएको संविधानको बचाउ गर्न सकोस्। लकसी र झाटाहाको चोट खाइरहेको लोकतन्त्र जीवन्त हुन सकोस्।


 

प्रकाशित मिति: : 2021-02-01 08:35:00

प्रतिकृया दिनुहोस्