कोरोना भाइरसको नयाँ स्वरुप ७० देशमा फैलियो

बिएल संवाददाता

स्विट्जरल्याण्ड

बेलायतमा भेटिएको कोरोना भाइरसको नयाँ स्वरुप ७० देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बताएको छ। 
डब्ल्यूएचओले हालै एउटा चेतावनी जारी गर्दै यसबाट सतर्क रहन सुझाव दिएको छ।

बेलायतमा भेटिएको कोरोना भाइरसको नयाँ स्वरुप थप खतरनाक भएको उसले यसअघि नै चेतावनी दिइसकेको छ। नयाँ स्वरुपको भाइरस पहिलेको तुलनामा तीब्र गतिमा फैलिरहेको छ।

डब्ल्यूएचओले यसलाई बी.१.१.७ र भीओसी२०२०१२–०१ नाम दिएको छ।  

कोरोनाका कारण हाल विश्वमा १० करोड १४ लाखभन्दा बढी मानिसहरु प्रभावित बनेका छन्। यसमा २१ लाख ८२ हजारको निधन भइसकेको एजेन्सीले बताएको छ।

प्रकाशित मिति: : 2021-01-28 10:45:00

प्रतिकृया दिनुहोस्