जुम्लाको गोठी गाउँमा आगलागी, ३० घर जलेर नष्ट

जुम्लाको तिला गाउँपालिका -७ गाेठीगाउँमा साँझ साढे पाँच बजे आगलागी हुँदा ३० घर जलेर नष्ट भएका छन्। 

हालसम्म आगाे नियन्त्रण गर्न नसकिएकाे गाउँपालिका अध्यक्ष रतननाथ याेगीले जानकारी दिए। 

बाँकी रहेका १५ घर जोगाउन स्थानीयवासी आगाे नियन्त्रणमा ल्याउन प्रयास गरिरहेको बताउदैं उनले भने, 'पशु वस्तु, अन्न कपडा सबै नष्ट भएकाले यकिन क्षतिकाे विवरण भन्न सक्नेअवस्था छैन। तथापि मानवीय क्षति भने भएकाे छैन।' 

आगलागी भएको जानकारी भए लगतै  नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाको टोली घटना स्थलतर्फ पुगेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। 

आगलागी भएकाे गाउँ मौसमी बस्ती हो। त्यहाँका नागरिक वर्षमा ५ महिना मात्रै बसोबास गर्दछन्। काठैकाठको घरहरु बढि भएकोले आगलागी भएको हुनुसक्ने गाउँपालिका अध्यक्ष याेगीको भनाइ छ। 

प्रकाशित मिति: : 2021-01-26 20:59:00

प्रतिकृया दिनुहोस्