कोरिया बेरोजगारी प्रभाव : नेपालमा १० हजार श्रमिक रोकिए, भाषा परीक्षा पनि अन्योल

शिलापत्र

काठमाडाै‌ं

रमेश भारती

रोजगारीका लागि दक्षिण कोरिया जान तयार धेरै नेपाली विभिन्न कारणले गर्दा उड्न पाएका छैनन् । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार कोरोना कोरोना संक्रमणपछि ‘लेबर कन्ट्रयाक्ट’ मा आएका, कोरिया रोस्टरमा नाम दर्ता भएका, सीसीभीआई लिएका र घर बिदामा आएका करिब १० हजार नेपाली कामदार रोजगारीका लागि कोरिया जान रोकिएका हुन् ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा गत वर्षको फागुनकाे अन्तिम सातादेखि नै श्रम स्वीकृति जारी गर्न बन्द गरेको थियो । कोरियन भाषा र सीप परीक्षा उत्तीर्ण गरे पनि कोरोना महामारीका कारण कोरिया जान नपाएका करिब १० हजारको रोजगारी अन्योल बनेको छ । 

कोरोना नियन्त्रण गर्न लकडाउन गरेयता कोरिया रोजगारीमा जाने सम्पूर्ण प्रक्रिया पुगेका करिब १० हजार कामदार रोकिएको शाखाले जनाएको छ । अन्तर्राष्ट्रिय उडान सहज हुँदै गएपछि गत भदौदेखि वैदेशिक रोजगारीमा जाने कामदारका हकमा सबै श्रम स्वीकृति सरकारले खुलाएको थियो । 

सन् २०१९ मा उत्तीर्ण भएका व्यक्ति पनि जान पाएनन् । सबै प्रक्रिया पुगेका करिब १० हजार कोरिया रोजगारीमा जान नपाएको वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका निर्देशक ईन्द्र गौतमले जानकारी दिए ।

प्रकाशित मिति: : 2021-01-21 11:33:00

प्रतिकृया दिनुहोस्