चिसो बढेपछि दाउरा वितरण गर्दै सशस्त्र

चिसो बढेपछि पर्साको विन्दवासिनी गाउँपालिकामा सशस्त्र प्रहरी बल वोर्डर आउट पोष्टले विभिन्न स्थानमा दाउरा वितरण गरेर आगो ताप्ने प्रबन्ध गरेको छ l  

वडा नम्बर ३ झौवा इटियाही र वडा नम्बर ५ प्रसौनी भाटा लगायतको ठाउँमा दाउरा वितरण गरेर आगो ताप्ने प्रबन्ध गरेको हाे।  

सशस्त्र प्रहरी निरीक्ष निरन्जन कार्कीको नेतृत्वमा रहेको टोलीले बढेको चिसोका कारण प्रभावित भएका स्थानीयलाई आगो ताप्ने व्यवस्था मिलाएकाे हाे।

बिगत एक साताबाट तराईमा बढेको चिसोको कारण मध्यतराईको नै जनजीवन कष्टकर बनेको छ।

प्रकाशित मिति: : 2021-01-19 22:37:00

प्रतिकृया दिनुहोस्