मल ल्याउन नसक्ने शैलुङ र मुक्तिनाथलाई पुन: कारबाही

बिएल संवाददाता

काठमाडाै‌ं

कृषि सामाग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई पुन: कारबाही गरेको छ।

सोमबार बसेको कम्पनीको बैठकले समयमै रासायनिक मल आयात गर्न नसकेको भन्दै पुन: कारवाही गरेकाे हाे। याेसँगै शैलुङसँगको तीन वटा र मुक्तिनाथसँगको दुईवटा मल ल्याउने ठेक्का रद्ध भइसकेको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले बताए।

उनका अनुसार दुवै कम्पनीसँगकोे मल खरिदको सम्झौता तोड्ने, धरौटी जफत गर्ने र कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय गरिएकाे छ। 

साढे ६ अर्ब बढीको मल आयात गर्न गत आर्थिक वर्षको ६ वटा ठेक्का नेपाली कम्पनीले पाएका थिए।

शैलुङले तेस्रो ठेक्काबापत पुसमा २५हजार मेट्रिकटन युरिया मल आयात गर्नु पर्थ्यो। उक्त परिमाणको मल खरिद गर्न कम्पनीले ९४ करोड ६ लाख ९३ हजार भन्दा बढी रकमको ठेक्का लिएकाे थियाे। 

त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीले मंसिरमा २५ हजार मेटि्रक टन युरिया र २० हजार  मेट्रिकटन टन डीएपी मल ल्याउनुपर्ने थियो। दुबै ठेक्काको कुल रकम एक अर्ब ८५ करोड भन्दा बढी थियो।

प्रकाशित मिति: : 2021-01-11 14:46:00

प्रतिकृया दिनुहोस्