मुम्बईका तीन युवकमा नयाँ प्रकारको कोरोना, एन्टिबडीले पनि काम नगर्ने

भारतको मुम्बईमा तीन जनामा कोरोना भाइरसको नयाँ स्ट्रेनको संक्रमण देखिएको छ।

कोरोनाको यो नयाँ रूप दक्षिण अफ्रिकामा फेला परेको प्रकारसँग मिल्दोजुल्दो देखिएको छ।

 यी तीन बिरामी गत सेप्टेम्बरमा संक्रमित भएका थिए। उनीहरू ३०, ३२ र ४३ वर्षका छन्।

वैज्ञानिकका अनुसार कोरोनाको यो नयाँ स्ट्रेनलाई ‘ई-४८४’ नामले चिनिन्छ।  सेन्टर फर होमियोप्याथी विभागका प्राध्यापक डाक्टर निखिल पटकरका अनुसार यो दक्षिण अफ्रिकामा फेला परेका तीन म्युटेन्ट्स (‘के-४१७ ए’, ‘ई ४८४ के’ र ‘एन ५०१ वाई’) जस्तै छ।

उनको समूहले कोरोनाका ७ सय नमुनाको जिनोम सिक्वेन्सिङ गरेको थियो। जसमध्ये ३ नमुनामा कोरोनाको ‘ई ४८४ के’ प्रकार फला परेको हो।

चिन्ताको कुरा त के छ भने यो नयाँ कोरोनासँग लड्न शरीरको एन्डिबडी (प्रतिरक्षा प्रणाली) ले समेत काम नगर्ने देखिएको छ।

यो तथ्य मुम्बईस्थित टाटा मेमोरियल सेन्टरका वैज्ञानिकले पुष्टि गरेका हुन्।

प्रकाशित मिति: : 2021-01-11 07:11:00

प्रतिकृया दिनुहोस्