दुर्घटनामा परी पूर्वराज्यमन्त्रीसहित पाँच घाइते

पूर्वजलस्रोत राज्यमन्त्री विनोदकुमार शाह दुर्घटनामा परि घाइते भएका छन्। 

बाँकेको नेपालगञ्जबाट सुर्खेत जाँदै गरेको पूर्वराज्यमन्त्री शाह सवार गाडी बर्दियामा दुर्घटनामा परेको हो। 

सोमबार दिउँसो बर्दियाको बाँसगढी नगरपालिका–१, मौरीखोला र उन्तिसखोलाको बीचमा साह दुर्घटनामा परेका थिए। उक्त दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन्। 

प्रहरी चौकी चेपाङका अनुसार साह सवार बा २१ च ४७४६ नम्बरको गाडी सडकदेखि ६० मिटर तल खसेको थियो। 

दुर्घटनामा पूर्वराज्यमन्त्री साहसहित उनकी श्रीमती लक्ष्मी शाह, विन्द्रासैनी नगरपालिका–२ दैलेखका सूर्यबहादुर शाही घाइते भएका छन्। 

यस्तै आठबिस नगरपालिकाका पदम माझी र चालक विनय भण्डारी घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी चेपाङका प्रहरी नायब निरीक्षक जयप्रकाश भट्टले चालक भण्डारीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको  जानकारी दिए। 

पूर्वराज्यमन्त्री साहसहित अरू चार जनाको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ। गाडी  भने पूर्णरुपमा क्षतीग्रस्त भएको छ।

प्रकाशित मिति: : 2021-01-04 19:36:00

प्रतिकृया दिनुहोस्