टोकियो ओलम्पिक तोकिएको मितिमा गर्ने जापानी प्रधानमन्त्रीको वचनवद्धता

जापानका प्रधानमन्त्री योशिहिडे सुगाले यही वर्ष टोकियो ओलम्पिक आयोजना हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरेका छन्। 

कोरोनाका कारण गतवर्ष आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्षका लागि सरेको थियो। 

तर कोरोनाको दोस्रो चरणको वेभका कारण आयोजना हुनेमा द्धिविधा उत्पन्न भइरहेको बेला प्रधानमन्त्री सुगाको सोमबार यो भनाई बाहिर आएको हो। 

गत वर्ष यो प्रतियोगिता २४ जुलाईमा सुरु भएर ९ अगस्टमा सम्पन्न हुने बताइएको थियो। तर, अब यो प्रतियोगिता २३ जुलाईमा सुरु हुनेछ र ८ अगस्टमा समापन हुनेछ। 

सुगाले पत्रकार सम्मेलन गर्दै भने, ‘हामी ओलम्पिक र पाराओलम्पिक खेलको तयारीका लागि निश्चिन्त छौं।’ उनले प्रतियोगिताको बेला कोरोना संक्रमणलाई रोक्न सबै प्रयास गरिने बताए।
 

प्रकाशित मिति: : 2021-01-04 16:15:00

प्रतिकृया दिनुहोस्