बेलायत आजबाट पूर्णरुपमा ईयूबाट बाहिरियाे

बेलायत शुक्रबारबाट पूर्णरुपमा युरोपेली संघ (ईयू)बाट बाहिरिएको छ। 

स्थानीय समयअनुसार बिहीबार राति ११ बजेटबाट बेलायतमा ईयूको कानूनको अन्त्य भएका हो। 

बेलायत ईयूमा आवद्ध भएको ४८ वर्षपछि यो संघबाट बाहिरिएको हो। बेलायत सन् १९७३ जनवरी १ मा ईयूमा आवद्ध भएको थियो।

बेलायत ३१ जनवरीमा ईयुबाट बाहिरिएको थियो। तर, व्यापारको समस्या कायमै थियो।

ईयूबाट बाहिरिएपछि व्यापार, भ्रमण, सुरक्षा, यातायातलगायतका विषयमा भने ईयूको नियम पालना गर्दै आएको थियो।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतको स्वतन्त्रता आफ्नो हातमा आएको प्रतिक्रिया दिएका छन्।

ईयूबाट छुट्टिएपछिको व्यापार सम्झौताको विषयमा एक साताअघि मात्रै बेलायत र ईयूको बीचमा सम्झौता भएको थियो।

उक्त सम्झौताअनुसार बेलायतमा बनेका सामग्रीहरु ईयूमा विना कुनै भन्सार व्यापार गर्न सकिनेछ। लामो समयको विवादपछि बेलायत र ईयूबीच उक्त सम्झौता भएको थियो।

यसअघि जोनसनले सम्झौंतामा सहमति नबने ईयुभन्दा पनि बेलायतलाई बढी फाइदा हुने बताएका थिए। 

उनले व्यापार सम्झौंताको एउटा मोडलमा हस्ताक्षर नभएको खण्डमा बेलायतले विश्व व्यापार संगठन (डब्ल्यूटिओ) को नियम पछ्याउने जानकारी दिएका थिए।

प्रकाशित मिति: : 2021-01-01 12:47:00

प्रतिकृया दिनुहोस्