सिटी र युनाइटेडको रोमाञ्चक बराबरी

बिएल संवाददाता

काठमाडाै‌ं

इङलिस प्रिमियर लिगमा लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन्।

किङ पावर स्टेडियममा शनिबार राति भएको खेलमा युनाइटेडले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका हाे।

 दुईपटक पछि परेर पनि युनाइटेडलाई बराबरीमा रोक्न सफल भएको हो। युनाटेडका मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसले गोल गर्दा घरेलु टोलीका हार्वे बार्नेसले एक गोल फर्काउदा एक गोल उपहार पाएको थियो।

युनाइटेडले खेलको २३औं मिनेटमा रासफोर्डको गोलबाट अग्रता लिएको थियो। उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गरेका थिए।

३१औं मिनेटमा हार्भे बार्नेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। ७९औं मिनेटमा इडिन्सन काभानीको पासमा ब्रुनो फर्नान्डसले गोल गर्दै युनाइटेडलाई पुनः २–१ को अग्रता दिलाए।

एक्सेल टुआनजेवेले आत्मघाती गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुग्यो। त्यसपछि खेलमा थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो।

बराबरीसँगै युनाइटेडले दोस्रो स्थानमा उक्लने अवसर गुमाएको छ। लेस्टर १५ खेलबाट २८ अंक जोडेर दोस्रो स्थानमा यथावत छ।  युनाइटेड २७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। 

प्रकाशित मिति: : 2020-12-27 07:18:00

प्रतिकृया दिनुहोस्