राजनीतिक संकटको भूमरीमा बिलाए उखु किसानका पीडा

आयोमेल

काठमाडौँ

अंगदबहादुर सिंह

पुस २ गते संघीय संसदको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारलाई निर्देशन दियो।

माग सम्बोधन गर्न दबाब दिन किसानहरु हलो–जुवा र उखु बोकेर माइतीघर पुगे।

समितिले निर्देशन दिएको एक दिनपछि पुस ३ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल आन्दोलनरत किसानलाई भेट्न माइतीघर पुगे।

मन्त्री भट्टले, ‘तपाईंहरुको पैसा दिन्छौं मन्त्रालयलाई विश्वास गर्नुस’, मात्रै भनेनन् मिल सञ्चालकको सम्पत्ति रोक्का गरेरै भएपनि पैसा दिने बचन दिई आन्दोलनरत उखु किसानलाई आश्वस्त पार्ने कोसिस गरे।

उनले यति भनिरहँदा उखु किसान सरकारप्रति विश्वास गर्ने ठाउँ नरहेको प्रतिक्रिया दिइरहे।

मन्त्रीले श्रीराम मिलले १८ करोड भुक्तानी पठाइसकेको र १०–१२ दिनमै सम्पूर्ण रकम दिइसक्नेसमेत भने।

उनले बारम्बार, ‘पैसा दिन्छाैं, मन्त्रालय काम गरिरहेको छ’, भन्दै पन्छिन खोजेपछि 'किसानमारा सरकार मुर्दावाद, किसान एकता जिन्दावाद' का नारा लागिरहे।

प्रकाशित मिति: : 2020-12-26 13:24:00

प्रतिकृया दिनुहोस्