विराटनगरकाे झटियायीमा आगलागी: बालकको मृत्यु, दुईजना घाइते

बिएल संवाददाता

काठमाडाै‌ं
फाइल तस्वीर
फाइल तस्वीर

विराटनगर महानगरपालिका १४ झटियायीको एक घरमा आगलागी हुँदा बालकको मृत्यु भएको छ। घटनामा अरु दुईजना घाइते भएका छन्।

शुक्रबार मध्य रातमा स्थानीय राजेश दासको घरमा आगलागी हुँदा उनका छाेरा १४ वर्षीय छोरा रविन दासको जलेर मृत्यु भएको हो। 

घर नजिक बालिएको घुरबाट बाँस र जस्तापाताको छानो भएको घरमा आगलागी भएको हुनसक्ने ईलाका प्रहरी कार्यालय रानी, विराटनगरका प्रहरी निरीक्षक दीपक थापा बताए।

आगलागीबाट राजेशकी ३२ वर्षीया श्रीमती इन्दुमति दास र सात वर्षीय छोरा किसन दास घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

 आगलागीबाट करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।

आगो प्रहरी, वारुणयन्त्र र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति: : 2020-12-20 08:38:00

प्रतिकृया दिनुहोस्