भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघ्याे

Photo: PTI
Photo: PTI

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या एक करोड नाघेकाे छ।

गत जनावरी ३० मा केरलामा पहिलाेपल्ट संक्रमित फेला परेकाे थियाे।

त्यसकाे केही दिन पछाडि ३३४ जनामा संक्रमण फैलिएकाे पत्ता लागेपछि व्यापक परीक्षण गरिएकाे थियाे। त्यसपछि भारतमा काेराेनाले भयभह रुप लिएकाे छ। 

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ४ हजार ८ सय २५ पुगेको छ।

पछिल्लो २४ घण्टामा २५ हजार १ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। 

शनिबार ११ लाख ७१ हजार ८ सय ६८ नमुना परीक्षण भएको छ। शनिबार साँझसम्म १६ करोड ९० हजार ५ सय १४ नमुना परीक्षण भएको छ।

त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४५ हजार १ सय ३६ पुगेको छ। 

पछिल्लो २४ घण्टामा ३ सय ४७ जनाको मृत्यु भएको छ। 

अहिलेसम्म ९५ लाख ५० हजार ७ सय १२ जना निको भएका छन् भने करिब ३ लाख संक्रिय केस रहेका छन्। 

भारतमा करिब ९५.४६ प्रतिशत संक्रमित निको भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। 
 

प्रकाशित मिति: : 2020-12-19 16:10:00

प्रतिकृया दिनुहोस्