कुहिरोका कारण बस दुर्घटना हुँदा उत्तर प्रदेशमा ८ को मृत्यु २५ घाइते

उत्तर प्रदेशमा कुहिरोका कारण दुई विपरित ध्रुबबाट आइरहेको गाडी ठोक्किदा ८ जनाको निधन र २५ घाइते भएका छन्। 

मुरादाबाद–आगरा राष्ट्रिय हाइवेमा लागेको कुहिरोका कारण बुधबार बिहान एउटा बस र ट्याकर ठोक्किएका थिए। प्रहरीले मर्नेको संख्या बढ्न सकने बताएको छ। 

बस चन्दौसीबाट यात्री बोकेर अलिगढतर्फ लागिरहेको थियो। ट्याकरसँग टोकिएको बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2020-12-16 12:52:00

प्रतिकृया दिनुहोस्