सरकारविरुद्ध पर्सामा युवाहरूकाे प्रदर्शन

सरकारविरुद्ध पर्सामा युवाहरूले प्रदर्शन गरेका छन्।

युवाहरुको समूहले वीरगञ्ज सिटी बजाएर सरकारविरुद्धमा प्रदर्शन गरेका हुन्। 

केन्द्रीय कार्य समितिको निर्णयअनुसार नेपाल विद्यार्थी संघ पर्सा तथा ठाकुर राम बहुमुखी इकाई क्याम्पस पर्साले सरकारको विरोधमा सिटी जुलुस प्रदर्शन गरेको छ।

समितिले घण्टाघरबाट निकालेको सिटी जुलुस मईस्थाम, आदर्शनगर, घडिअर्वा पोखरी हुँदै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो।

बिकाश तिवारीको अध्यक्षतामा निकालिएको जुलुुसमा नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष शेष हाजरा सचिव रोशन सिंह, रमेश यादव, पूर्व क्षेत्र दुईका क्षेत्रीय सभापति रंजित पटेल, साबिर हुसेन, सागर लामा बिपी कोइराला पब्लिकेशनका प्रदेश सदस्य केवश मिश्रा लगायातको सहभागीता रहेको थियो। 

जुलुसमा सहभागी भएकाहरूले सरकारविरोध चर्को नाराजाबाजीसमेत गरेका थिए।

प्रकाशित मिति: : 2020-12-13 19:52:00

प्रतिकृया दिनुहोस्