धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु

धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ। 

दुर्घटनामा परी जिल्लाको क्षिरेश्वर नगरपालिका ७ दुर्गाटोलका २७ वर्षीय शिवनाथ सदा र ट्याक्टरमा सवार रहेका सोही स्थानका २४ वर्षीय नन्दू यादवको मृत्यु भएको छ।

चमेनी मईको भाकल चढाई फर्कने बेलामा मिथला नगरपालिका ४ चमेनी खोलामा ज १ त ८३५१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । 

प्रहरीका अनुसार ट्याक्टर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको छ ।

मृतक दुबै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2020-12-12 18:41:00

प्रतिकृया दिनुहोस्