कोरोना खोप बनाएको दाबी गरेको रुसमा एकैदिन थपिए २८ हजारभन्दा बढी संक्रमित

रुसमा एकैदिनमा थप २८ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्।

पछिल्लो एकैदिनमा २८ हजार १४५ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन्। 

रुसमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या २३ लाख ७५ हजार ५४६ पुगेको छ। 

यसअघि गत नोभेम्बर २७ तारिखमा एकैदिन २७ हजार ५४३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए। 

थपिएका संक्रमितहरु मध्ये सात हजार ७५० जना केन्द्रीय राजधानी मस्कोमा मात्रै छन्।  

यस अवधिमा रुसमा थप ५५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ। अघिल्लो दिन यो भन्दा धेरै ५८९ जनाको मृत्यु भएको थियो। 

कोरोना भाइरसविरुद्धको खोप बनाएको दाबी गरेको रुसमा अहिलेसम्म कोरोनाका कारण ४१ हजार ६०७ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2020-12-03 19:30:00

प्रतिकृया दिनुहोस्