आफ्नै साथी हत्याको आरोपमा तीनजना पक्राउ

सुनसरीको दुहबी नगरपालिमा आफ्नै साथी हत्याको आरोपमा तीनजना पक्राउ परेका छन्। 

गत मंसिर १० गतेदेखि हराएका दुहबी २ का सुजननारायण चौधरीको हत्या आरोपमा लाई खोज्ने क्रममा प्रहरीको टोलीले स्थानीय २० वर्षीय सुमन झालाई पक्राउ गरेसँगै हत्याको घटना खुलेको हो। 

उनीहरुलाई आइतबार पक्राउ गरिएको सुनसरी प्रहरीले जानकारी दिएको छ। 

पक्राउ परेका झाले आफूले हत्या गरेको स्वीकारेसँगै शव फालेको स्थान देखाएका थिए। चौधरीको शव स्थानीय अरुण वनस्पति उद्योगको कम्पाउण्डभित्रको झाडीमा भेटिएको हो। 

झासँगै अरु दुईजनासमेत पक्राउ परेको बताइएको छ। 

सुनसरी प्रहरी प्रमुख कमल थापाका अनुसार चौधरीसँगको सामान्य रिसइवीलाई लिएर हत्या भएको हो। 

शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।

प्रकाशित मिति: : 2020-11-30 16:01:00

प्रतिकृया दिनुहोस्