कभानीकाे गाेलमा युनाइटेडकाे कमब्याक जित

बिएल संवाददाता

काठमाडाै‌ं

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा साउथह्याम्प्टनमाथि पूनरागमन जित निकालेको छ।

सेन्ट मेरिज स्टेडियम ह्याम्पसायरमा आइतबार राति भएको खेलमा युनाइटेडले घरेलु टोलीमाथि ३–२ को पूनरागमन जित निकालेको हो। 

पहिलो हाफमा दुई गोलले पछि परेपछि इडिन्सन काभानीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल र एक असिस्ट दिएपछि युनाइटेडले जित निकालेकाे हाे। 

२३औँ मिनेटमा जान वेडनारेकले गोल गर्दै साउथह्याम्टनलाई अग्रता दिलाएका थिए। 

जेम्स वार्ड प्राउजले ३३औं मिनेटमा गोल गर्दै साउथह्याम्टनको अग्रता दोब्बर पारे। 

५९औँ मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए।

७४औँ मिनेटमा काभानीले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा काभानीले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३–२ को पूनरागमन जित दिलाए।

जितसँगै युनाइटेड ९ खेलबाट १६ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ। पराजित साउथह्याम्टन १० खेलबाट १७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-11-30 07:26:00

प्रतिकृया दिनुहोस्