एक वर्षपछि सागकाे खर्च विवरण सार्वजनिक, १ अर्ब ३१ करोड ७८ लाख लागेकाे राखेपकाे दावी

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा भएकाे खर्च विवरण सार्वजनिक गरेको छ।

राखेप सदस्यसचिव रमेशकुमार सिलवालले आइतबार एक वर्षपछि खर्च विवरण  सार्वजनिक गरेका हुन्। 

राखेपाले मंसिर १५ गतेदेखि २७ गतेसम्म काठमाडौं,पोखरा र जनकपुरमा साग खेलकुदको आयोजना गरेको थियो।

सार्वजनिक खर्च विवरणअनुसार खेलकुदतर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ खर्च भएको सदस्यसचिव सिलवालले जानकारी दिए।

यस्तै पुर्वाधार निर्माणतर्फ् विगतका २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैयाँ खर्च भएको छ।

यस्तै सागमा पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागी राष्ट्रिय टोलीलाई नेपाल सरकारको तर्फबाट २२ करोड ७६ लाख खर्च गरिएको उनले जानकारी दिए।

सागका लागि ५ अर्ब ६९ करोड बजेट प्रस्ताव गरिएकोमा सरकाले ३ अर्ब ६५ करोड विनियोजन भएको थियो। 

सागमा सरकारबाट १ अर्ब २३ करोड १८ लाख ४८ हजार, टिकट बिक्रीबाट २ करोड ६७ लाख ११ हजार ६७५, विज्ञापनबाट २० लाख ९ हजार ९ सय १५ र सहभागी राष्ट्रबाट ११ करोड २१ लाख ३५ हजार ५ सय ९८ रुपैया आय भएको उनले बताए।

यस्तै १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ संलग्न विवरण बमोजिम खर्च भएको छ। 

यस्तै ३ करोड ५५ लाख ७१ हजार १३७ बैंक मौज्दात रहेको र १ करोड ९३ लाख ८० हजार २२४ प्रिज भएको सिलवाले जानकारी दिए।

ब्याडमिन्टन म्याट, कबड्डी म्याट, बास्केटल म्याट, टेबल टेनिस म्याट र पदक, किड्ससम्बन्द्ध केही सामग्रीमा ४ करोड ८१ लाख ३० हजार सहयोग स्वरुप प्राप्त भएको उनले बताए।

पुर्वाधार निर्माणतर्फ दशरथ रंगशाला पुर्ननिर्माण, सातदोबाटो हिटिङ पुल निर्माण, सातदोबाटो स्क्वास कोर्ट निर्माण, तेक्वान्दो र कराते एकेडेमी निर्माण, च्यासल रंगशाला निर्माण, लन टेनिस कोर्ट निर्माण, लैनचौर कभर्डहल मर्मत, कीर्तिपुर क्रिकेट मैदान तथा कभर्डहल मर्मत तथा निर्माण, पोखरा रंगशाला निर्माण, पोखरा साग भेन्यु निर्माण र धनुषा कभर्डहल मर्मतमा खर्च भएको राखेपले जनाएको छ।

सागमा दक्षिण एसियाली राष्ट्रका २७४६ खेलाडी ९०६ अफिसिय सहित कुल ३६५२ जनाको सहभागिता रहेको थियो। नेपालबाट ८३१ जनाले सहभागिता जनाएका थिए।

साग गतवर्ष मंसिर १५ देखि २४ गते सम्म काठमाडौं उपत्यका, पोखरा र जनकपुरमा आयोजना भएको थियो। सागको इतिहासमा नै पौडीकी गौरिका सिंहले एकै सागमा ४ स्वर्ण, करोतका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फाका सुवास तामाङले दोहोरो स्वर्ण जित्न सफल भएका थिए।

सागमा नेपालले कुल २ सय ७ पदक जितेको थियो। जसमा ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदक रहेको छ।

प्रकाशित मिति: : 2020-11-29 16:32:00

प्रतिकृया दिनुहोस्