विशेषज्ञ तहको चिकित्सक लाइसेन्स परीक्षामा ७३ दशमलव ३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ तहको चिकित्सकहरुको लाइसेन्स परीक्षामा ७३ दशमलव ३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

काउन्सिलले शुक्रबार र शनिबार ५ चरणमा दर्ता प्रमाणपत्र लाइसेन्सको परीक्षा लिएको थियो।

परीक्षामा ८ सय ३९ जना सहभागी भएका थिए भने ६ सय १५ जना मात्रै उत्तीर्ण भएका छन्। सहभागीमध्ये २ सय २४ जना अनुत्तीर्ण भए का छन्।

यस्तै ४ जना अनुपस्थित र १ जनाको परीक्षा स्थगित गरिएको काउन्सिलले जनाएको छ। 

काउन्सिलले नर्सिङ तथा मिडवाइफहरुको दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको पनि नतिजा प्रकाशन गरेको छ। 

शनिबार लिएको परीक्षामा १ हजार २ सय ७० जना नर्सिङ परीक्षामा सहभागी भएका थिए.  

त्यसमध्ये ४९ दशमलव २९ प्रतिशत उत्तीर्ण भएका छन्। 

यस्तै मिडवाइफतर्फ भने ६६ दशमलव ६६ प्रतिशत उत्तीर्ण भएका छन्।  ६ सय २६ जना उत्तीर्ण भएका हुन्।  

प्रकाशित मिति: : 2020-11-29 12:10:00

प्रतिकृया दिनुहोस्